कांग्रेस केन्द्रीय सदस्यमा शशांकपछि देउवा समूहका नेतालाई लोकप्रिय मत

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना केहीबेरअघि सकिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि सम्पन्न भएको मतगणनामा निवर्तमान महामन्त्री शशांक कोइरालालाई सर्वाधिक लोकप्रिय मत प्राप्त भएको छ । 

उनले ८० प्रतिशत हाराहारी मत प्राप्त गरेको बताइएको छ । परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ ।

१४औँ महाधिवेशनमा खुला सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनबाट बाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । 

शशांकपछि एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्कीलगायत मतगणनामा अगाडि देखिएका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २०:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया