अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोशाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गन आईतबार (आज) नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो । सम्झौंतामा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मीका नेपाल निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई केल्मीले आवश्यक पर्ने पोसाक प्रायोजन गर्नु पर्नेछ । सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहने क्यानले जनाएको छ ।
सम्झौतापछि बोल्दै क्यान अध्यक्ष चन्द र केल्मीका नेपाल निर्देशक न्यौपानेले आपसको साझेदारीले दुबैलाई साथ मिल्ने बताए । क्रिकेटको बर्षमा कम्तिमा १३ टुर हुने भएकोमा सो सम्झौता राम्रो हुने आशा दुबै पक्षले राखेका छन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।