‘गुन्डा नाइके’ गणेश लामा कांग्रेस केन्द्रीय सदस्य

‘गुन्डा नाइके’ भनेर चिनिने गणेश लामा नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

काभ्रेबाट महाधिवेशन प्रतिनिधि रहेका लामा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजनीतिमा आएका हुन् । 

गच्छदार कांग्रेसमा प्रवेश गरेसँगै लामा पनि कांग्रेसमा आएका हुन् । 

उनी विभिन्न मुद्दामा पटक–पटक हिरासत बसेका छन् । उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणले समेत मुद्दा लगाएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनमा लामा १७८२ मतका साथ विजयी बनेका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया