महरा र बाँस्कोटाको पद खुस्काउने पत्रकार शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
फरकधार / ४ पुस, २०७८

पत्रकार अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 



दोलखाबाट महाधिवेशन प्रतिनिधिमा चुनिएका शिवाकोटी कांग्रेसनिकट प्रेस युनियनका सचिव पनि हुन् । 

शिवाकोटी नेपालका दुई कम्युनिस्ट नेताको पद खुस्काउने पत्रकारका रुपमा चिनिन्छन् । 



पूर्वसभामुख कृष्णबहादुर महराको ‘यौनकाण्ड’ र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘७० करोड काण्ड’ उनले आफूसम्पादक रहेको हाम्रा कुरा डटकमबाट पर्दाफास गरेका थिए । 



यद्यपि, महराले अदालतबाट सफाइ पाइसकेका छन् भने बाँस्कोटाको टेप प्रकरण अझैसम्म छानबिन भएको छैन । 

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापानिकट शिवाकोटीले कांग्रेसको पूर्णकालीन राजनीतिमा लागेपछि पत्रकारका रुपमा लिएका पद छाडेका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा शिवाकोटीले १३७३ मत पाएका छन् । 

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २२:३५:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया