पोर्चुगलमा ओमिक्रोन संक्रमित बढेपछि बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ । 

ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरूलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ । 

यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरूले जनाएका छन् । आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र यहाँका १३ वर्षसम्मका सबैलाई खोप दिइने छ । 

पोर्चुगलमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । गएको २४ घण्टामा मात्र यहाँ ५ हजार जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ । त्यस्तै, यस अवधिमा यहाँका १२ जनाको यही संक्रमणबाट ज्यान पनि गएको छ ।  





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ७:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया