‘ए’ डिभिजन लिगमा आज फ्रेण्ड्स र एपीएफ खेल्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि एक खेल मात्र हुँदैछ । पाँचौं चरणको अन्तिम खेलमा आज फ्रेण्ड्स क्लब र एपीएफ क्लब खेल्न लागेका हुन् । 

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि सुरु हुनेछ । फ्रेण्ड्स र एपीएफ दुवै टोली रेलिगेसन क्षेत्रमा छन् । जारी सिजनमा यी दुई टोलीले अहिलेसम्म जित हात पार्न सकेका छैनन् ।  

फ्रेण्ड्सले ४ खेलमा २ म्याच बराबरी खेलेको छ । ऊ २ अंकका सात १३ औं स्थानमा छ । एपीएफ ४ खेलमा १ अंकका साथ अंक तालिकाको पुछारमा छ । उसले चार म्याचमध्ये एकमा बराबरी र तीन खेलमा हारको सामना गरेको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ७:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया