बझाङ, बाजुरा र बैतडी : कुन पालिकामा कतिले पाए कोरोना खोप?

सुदूरपश्चिमका तीन पहाडी जिल्लामा हालसम्म २ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म भाैगाेलिक रूपमा दुर्गम मानिएका बझाङ, बाजुरा र बैतडीका २ लाखभन्दा बढी नागरिकले खोप लगाएका हुन् ।  

बझाङमा अहिलेसम्म ६८ हजारभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो मात्रा पाएका छन् । जिल्लामा सबै प्रकारका खोप गरी हालसम्म ६८ हजार ४४५ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । कार्यालयका अनुसार दोस्रो मात्राको खोप लगाउनेको संख्या ५२ हजार ४ सय ३८ रहेको छ ।

जिल्लाको बित्थडचिर गाउँपालिकामा हालसम्म ५३६५ जनाले पहिलो मात्राको खोप पाएका छन् । जसमध्ये त्यहाँ ४०३५ जनाले दोस्रो मात्राको खोप पनि पाएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा ६६७७ जनाले पहिलो मात्राको खोप लगाएका छन् । सो गाउँपालिका अहिलेसम्म ३९२० जनाले दोस्रो मात्राको खोप पनि पाइसकेका छन् ।

यस्तै, दुर्गाथली ६६७७, केदारस्युँ, थलारा र खप्तड छान्ना गाउँपालिकामा क्रमशः ६१२२, ५८४१ र ७१८४ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा खोप लगाएकाहरूमध्ये क्रमशः ३५५७, ४०५३ र ४६०८ जनाले दोस्रो मात्राको खोप पनि लिइसकेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । सुर्मा गाउँपालिकामा अहिलेसम्म २३९४ जनाले दुवै मात्राको खोप लगाएका छन् ।

मष्टा गाउँपालिकामा हालसम्म ३५०८ र तलकोट गाउँपालिकामा ३४२२ जनाले दोस्रो मात्राको खोप पाएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिकामा पहिलो डोज पाएका १६०६ जनाले नै दोस्रो मात्राको खोप पनि लगाइसकेका छन् । स्वास्थ्य कार्यालय बझाङकी खोप अधिकृत नम्रता बोगटीका अनुसार जयपृथ्वी नगरपालिकामा हालसम्म ९७०६ जनाले दोस्रो मात्राको खोप पाएका छन् । उता बुङ्गल नगरपालिकामा १०,१७८ जनालाई पहिलो डोज खोप लगाइएको छ । जसमध्ये ७९१३ जनालाई दोस्रो डोज खोप दिन बाँकी रहेको छ ।  

बझाङभर १ लाख ७ हजार ९ सय १७ जना (१८ वर्षभन्दा माथिका) लाई खोप लगाउने लक्ष्य लिएको भएपनि हालसम्म पहिलो मात्रा ६८ हजार ४ सय ४५ र दोस्रो मात्रा ५२ हजार ४ सय ३८ जनलाई मात्र दिइएको छ । अझै जिल्लामा झण्डै ४० हजार जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको छ । 



उता बैतडीमा हालसम्म ९० हजार नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी चन्दन सुवेदीका अनुसार हालसम्म जिल्लामा ८९ हजार ९८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जसमध्ये जिल्लाभर ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा पाइसकेको समेत उनले बताए । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप पाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ ले पहिलो मात्रा र ७ हजार ८२१ जनाले पूर्ण मात्रा, दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जना, डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 



यस्तै, सूर्नया गाउँपालिकामा ३ हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा, पञ्चेश्वर गाउँपालिकामा ५ हजार ९३७ ले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा, शिवनाथ गाउँपालिकामा ५ हजार १३६ जनाले पहिलो मात्रा र ३ हजार ७३५ जनाले पूर्ण मात्रा, मेलौली नगरपालिकामा ९ हजार १३६ जनाले पहिलो मात्रा र ५ हजार २१८ जनाले पूर्ण मात्रा खोप पाएका छन् ।

जिल्लाको पाटन नगरपालिकामा ६ हजार १६१ जनाले पहिलो मात्रा र ८ हजार ७५३ जनाले पूर्ण मात्रा र सिगास गाउँपालिकामा ८ हजार ३९५ जनाले पहिलो मात्रा र ३ हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । १८ वर्ष माथिकालाई खोप लगाउने कार्य जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

उता बाजुरामा १ लाख ३ हजार ५ सय ७८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष लिएको भएपनि हालसम्म ३५ हजार ७ सय ८७ जनाले मात्र खोपको पूर्ण मात्रा पाएका छन् । हालसम्म ६० हजार ५८१ जनाले पहिलो मात्राको खोप पाएकोमा ३५ हजार ७८७ जनलाई दुवै डोज दिन सकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  

जिल्लाको हिमाली गाउँपालिकामा हालसम्म ४ हजार ८ सय ४७ जनाले दोस्रो मात्राको खोप पाएका छन् । गौमुल गाउँपालिकामा २३४ र बूढीनन्दा नगरपालिकामा हालसम्म  २९८ जनाले मात्र दोस्रो भरणको खाेप पाएका छन् । 

स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा क्रमशः ५ हजार ८९० र ४ हजार १३७ जनाले दोस्रो मात्राको खोप लागाएका छन् । यता जिल्ला सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकामा अहिलेसम्म १० हजार ९२ जनाले पहिलो मात्रामध्ये ९ हजार २८४ जनाले दोस्रो भरणको खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत महेश चन्दले बताए । उनका अनुसार बूढीगंगा नगरपालिकामा अहिलेसम्म ३ हजार ३८१ जनाले पहिलो चरणको खाेप पाएका छन् । त्रिवेणी नगरपालिकामा हालसम्म ७ हजार ९२६ जनालाई दुवै मात्राको खोप दिइएको छ । 

खप्तड छेडेदह गाउँपालिकामा अहिलेसम्म ८ हजार ४८ जनाले दोस्रो मात्रा दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाजुरामा कोरोनाविरुद्धको खोप अभियान जारी नै रहेकाे स्वास्थ्य कार्यालयका प्रमुख दयाकिरण पन्तले बताए ।   

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १०:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया