दिल्लीमा कोरोना संक्रमण ६ महिनायताकै उच्च

भारतको राजधानी नयाँ दिल्लीमा फेरि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फेरि दिल्लीमा कोरोना संक्रमण ६ महिनाअघिको अवस्थामा पुगेको हो ।  

सरकारी तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा एकैदिन संक्रमित हुनेको संख्या यो ६ महिनायताकै उच्च हो । 

दिल्लीमा पछिल्लो केही महिनायता संक्रमणको दर शून्य दशमलव १० भित्र थियो । पछिल्लो १० दिनको अन्तरालपछि एकजना संक्रमितको दिल्लीमा मृत्यु पनि भएको छ । दिल्लीमा हाल सक्रिय संक्रमितको संख्या हाल ५ सय ४ छ ।

दिल्लीमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म २२ जना संक्रमित भएका छन् । हालसम्म भारतभर १४६ जनामा अमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ९:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया