चिलीका बाेरिस बने इतिहासकै कम उमेरका राष्ट्रपति

चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरी ३५ वर्षीय बोरिस विजयी भएका हुन् । 

३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछन् । त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन् ।  

देशव्यापी रूपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो। 

पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाएका थिए । 
 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ११:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया