खुला महिला केन्द्रीय सदस्य : १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भएपनि बीचमा स्थगित भएर सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

भुसालले १ हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १३:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया