ए डिभिजन लिग : एपिएफको पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा एपिएफ क्लबले पहिलाे जित हासिल गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  एपिएफले फ्रेन्ड्स क्लबमाथि ३-१ काे जित निकालेकाे हाे ।

एपिएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । यस्तै बिकी तामाङले एक गाेल गरे। फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।

खेलकाे ३० औं मिनेटमा गोल बिकीले गाेल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । ३२औं मिनेटमै आशिषले गाेल गर्दै एपिएफकाे अग्रता दाेब्बर बनाए । ५७औं मिनेटमा आशिषले व्यक्तिगत दाेस्राे गाेल गरी एपिएफकाे अग्रता ३-० काे बनाए ।

खेलको ६९ औं मिनेटमा प्रिजेनले एपिएफविरुद्ध गाेल गरे पनि जित टार्न सकेनन् ।

यस जितसँगै एपिएफले ५ खेलमा ४ अंक जोड्दै अंक तालिकाको ११ औं स्थानमा उक्लिएको छ। फ्रेन्ड्स भने ५ खेलमा २ अंक जोड्दै अंक तालिकाको  पुछारमा पुगेको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १५:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया