नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् ।
काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् ।
एमसिसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने उनकाे भनाइ छ ।
‘एमसिसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्,’ उनले भने ।
एमसिसीबारे सत्तारूढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको नेपालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।