काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको हो । आगो निभाउनको लागि अहिले दुई वटा दमकल पुगेका छन् । आगो लागेको आधा घण्टापछि मात्रै काठमाडौं महानगरपालिकाको दमकल घटनास्थलमा पुगेको छ ।
आधा घटनापछि पुगेको काठमाडौं महानगरपालिकाको जुद्ध बारुण यन्त्रलाई पनि आगो निभाउन परिचालन गरिएको छ । यसअघि आगो लागेको १५ मिनेटपछि एउटा एम्बुलेन्स घटनास्थलमा पुगेको थियो ।
जबकी काठमाडौं महानगरपालिकाको जुद्ध बारुण यन्त्रस्थल बसन्तपुरबाट नयाँ बानेश्वरस्थित आगालागी भएको क्षेत्र पुग्न दमकललाई ५ देखि १० मिनेटको समय लाग्छ । तर, आगलागी भएको आधा घण्टापछि दमकल पुगेको हो ।
अहिले काठमाडौं महानगरपालिकाका दुईवटा र भक्तपुरको एउटा गरी तीन वटा दमकलले आगो निभाउने काम भइरहेको छ । आयो निभाउनको लागि स्थानीयसँगै सुरक्षाकर्मी खटिएका छन् ।
इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको र अहिले आगो निभाउने काम भइरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।