थप २२० जना संक्रमित, एककाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात थप २२० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घन्टामा चार हजार १४१ जनाकाे नमुना परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे २४ घन्टामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५७४ पुगेकाे छ ।

यही अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा पाँच हजार २२५ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।


 




 



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया