काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउन्डको खेलमा आर्मीले फराकिलो जित निकालेको छ ।
सोमबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले संकटामाथि ५–१ को फराकिलो जित निकालेको छ । जितसँगै आर्मी लिगको शीर्षक स्थानमा उक्लिएको छ ।
आर्मीका लागि टेकबहादुर बुढाथोकी, सन्तोष तामाङ, दिनेश हेन्जम र भरत खवासले गोल गरे । बुढाथोकीले २ गोल गरेका थिए भने अरुले समान १ गोल गरेका हुन् । संकटाका लागि इलोन म्याक्सवेलले सान्त्वना गाेल गरेका हुन् ।
आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे । यता, संकटाका लागि भने इलोन म्याक्श्वेलले एक गोल गरेका थिए । उनले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेका हुन् ।
संकटाले गोलको सुरुवात गरे पनि खेल अवधिभर आर्मी हावी भयो । खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टी आर्मीले मिस गरेको थियो । आर्मीका लागि सन्तोष तामाङले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।
आर्मी ४ खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मी अहिलेसम्म पराजित भएको छैन । उसले खेलेका चार खेलमध्ये तीनमा जित र एकमा बराबार खेलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।