अपांगता भएका केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ विजयी

नेपाली कांग्रेसको अपांगता भएका केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ विजयी भएका छन्। 

अपांगता भएका (खुला)तर्फको केन्द्रीय सदस्य पदमा निर्वाचित श्रेष्ठ शेरबहादुर देउवा समूहका हुन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार श्रेष्ठ भारी मतान्तरका साथ विजयी भएका छन्। उनले १६४० मत पाउँदा दोस्रो स्थानमा रहेका बाबुकृष्ण सापकोटाले ८८७ मत ल्याएका छन्।

अपांगता भएका (खुला)तर्फको केन्द्रीय सदस्य एक पदका लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार २२:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया