कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश राना रहेका छन् ।

गस्तीमा रहेका सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट पक्राउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट प्रहरीले १३ थान नेट्राभेट-१० ट्याबलेट, तीन थान माेबाइल र से ३ प ७५२५ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे छ ।

प्रहरीले तीनैजनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएकाे छ ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ९:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया