विश्वमा हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा

हामीले बोल्ने भाषा शब्द र आवाजहरूको एउटा संग्रह मात्र होइन । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्वितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ: भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ । 

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दीको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरुले भाषालाई लोपन्मुख अवस्थामा पुर्‍याएको अध्ययनमा दर्साइएको छ । 

अहिले विश्वभर ६ हजार पाँच सयदेखि ७ हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेशनल युनिभर्सिटी (एएनआई) ले गरेका सो अध्ययनमा विश्वका आधाभन्दा बढी भाषा ठूलो जोखिममा छन् । 

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार सामुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ । 

आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरूको भनाइ छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा बिर्सन थालेको अनुसन्धानकर्ताहरू बताउँछन् ।  





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १०:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया