‘हाम्रो किबोर्ड’ एपको डाउनलोड एक करोड पूरा

लोकप्रिय नेपाली किबोर्ड एप हाम्रो किबोर्ड गुगल प्ले स्टोरमा एक करोड डाउनलोड भएको छ । सन् २०१४ मा हाम्रोपात्रो इंकले सुरु गरेको यो एपले हालै एन्ड्रोइडमा एक करोड डाउनलोड पूरा गरेको हो । 

योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् । यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ । एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले फेसबुक भनेका छन् ।

नेपाली जीवनलाई सहज बनाउने उत्पादन निर्माण गर्न हाम्रोपात्रो प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ११:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया