भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दुई सय पुगेको छ । संक्रमितमध्ये ७७ जना निको भइसकेका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनका संक्रमित सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा भेटिएका छन् । दुवै स्थानमा ५४–५४ जनामा ओमिक्रोन संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, तेलंगानामा २० र कर्नाटकमा १९ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ । 

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ओमिक्रोनको सामना गर्न सबै तयारी गरिसकिएको बताएका छन् । उनले केन्द्र सरकारसँग बुस्टर डोजको अनुमति दिन पनि अपिल गरेका छन् । 

(बिबीसीबाट) 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया