साफ उपविजेता टोलीका सदस्यले पाए जनही ५ लाख

सरकारले साफको उपविजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरेको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले साफ उपविजेता टोलीलाई सम्मान गरेका हुन् ।

पूर्वघोषणा अनुसार सरकारले खेलाडीलाई जनही ५ लाख, तीन  प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।

साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

नेपाली टोली

खेलाडी : किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, नवयुग श्रेष्ठ, विशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा, सुरज ज्यु ठकुरी, नितिन थापा, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा ।

प्रशिक्षण टोली : अब्दुल्लाह अलमुताइरी (मुख्य प्रशिक्षक), किरण श्रेष्ठ (सहायक प्रशिक्षक), विकास मल्ल (गोलरक्षक प्रशिक्षक)



फिजियो : अविष्कार पुडासैनी

व्यवस्थापक : मधुसुधन उपाध्याय  



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया