नेटोमाथि सैन्य कारवाही गर्ने रुसको चेतावनी

रुसका उपविदेश मन्त्री सर्गेई रेबकोवले यदि नेटोले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरे सैन्य कारवाहीको लागि रुस तयार रहेको बताएका छन् । 

रुसको सरकारी न्युज एजेन्सी तासले रेबकोवको भनाई उद्धृत गरेको छ, ‘यदि नेटोले फेरी मस्कोको सुरक्षा चिन्ताको बेवास्ता गरे हामी सैन्य तथा सैन्य प्रविधि मार्फत जवाफ दिन्छौं ।’ 

मस्कोको सुरक्षामा खतरा पुर्याउने गतिविधि सन्तुलित गर्नुपर्ने उनले बताएका छन् । रुस अहिले यस्ता गतिविधि रोक्ने प्रयास गरिरहेको दाबी उनले गरेका छन् । रुसले पहिलो प्राथमिकता संवादलाई दिने समेत उनले बताएका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नेटोसँग विश्वसनीय दीर्घकालिन सुरक्षाको ग्यारेन्टी हुनेगरी ठोस वार्ता सुरु गर्ने जनाएका थिए । उनले नेटोले मौखिक प्रतिवद्धता पुरा नगरेको जनाउँदै कानूनी रुपमा सुरक्षा ग्यारेन्टी चाहेको बताएका छन् । 

अमेरिकी गुप्तचर संस्थाले यस महिनाको सुरुमा रुसले आउँदो वर्ष युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएको थियो । 

युक्रेनले रुससँगको सीमामा करिव एक लाख सैनिक तैनाथ गरेको छ । अमेरिकाले यो संख्या जनवरीको अन्तसम्म १ लाख ७५ हजार पुग्ने जनाएको छ । 



यदि रुसले युक्रेनमाथि आक्रमण गरे त्यसको गम्भिर परिणाम रुसले भोग्नुपर्ने चेतावनी अमेरिकाले दिंदै आएको छ । 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया