फिलिपिन्समा भयानक आँधीमा परी कम्तिमा ३७५ जनाको मृत्यु

फिलिपिन्समा आइतबार आएको भयानक आँधीमा परी हालसम्म ३७५ जनाको मृत्यु भएको छ । 

लगभग १९५ किलोमीटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको दक्षिणपूर्वी क्षेत्रका ४ लाखभन्दा बढी जनता प्रभावित भएका छन् । 

स्थानीय प्रहरीका अनुसार आँधीका कारण कम्तिमा पनि ५ सय मानिस घाइते भएका छन् भने ५६ जना हाल वेपत्ता रहेका छन् । 

धेरै स्थानमा सञ्चार विच्छेद भएका कारण क्षतिको विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । आँधीपछि आएको पहिरो र बाढीले पनि ठूलो जनधनको क्षति गरेको अनुमान गरिएको छ । 

‘कयौं क्षेत्रमा बिजुली छैन, सञ्चार छैन र पिउने पानी पनि ज्यादै कम छ,’ फिलिपिन्स रेडक्रसका अध्यक्ष रिचर्ड गार्डनले भने । 

(बिबीसीबाट)





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १३:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया