हङकङ चुनावको पश्चिमी देशले आलोचना गरेपछि चीनले भन्यो– पश्चिमी देशहरूले लोकतन्त्र कमजोर बनाए

हङकङमा भएको स्थानीय चुनावको पश्चिमी देशहरूले आलोचना गरेपछि चीनले त्यसलाई आन्तरिक मामिलामा हस्तक्षेप भएको टिप्पणी गरेको छ । 

चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पश्चिमी देशहरूलाई चेतावनीसमेत दिएको छ । आइतबार हङकङमा भएको स्थानीय चुनावमा ९० प्रतिशतभन्दा बढी सिटमा चीन समर्थक उम्मेदवार विजयी बनेका थिए । 

चुनावअघि चीनले हङकङको चुनाव प्रणालीमा व्यापक फेरबदल गरेको थियो । यो फेरबदलले हङकङको राजनीति परिदृश्य नै फेरिदिएको पश्चिमी देशहरूले बताएका छन् । 

हङकङमा परिवर्तन आवश्यक रहेको तर पश्चिमी देशहरूले हङकङको लोकतन्त्र कमजोर बनाएको आरोप चीनले लगाएको छ । हङकङमा भएको चुनावमा ३०.२ प्रतिशत मतदाता सहभागी भएका थिए । 

बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डका विदेशमन्त्रीले भने चीनको नयाँ नियमले हङकङमा सार्थक राजनीतिक विरोधीलाई समाप्त पारेको जनाएका छन् ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १३:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया