हङकङ निर्वाचनमा चीनको भूमिकालाई लिएर विश्व समुदायको आपत्ति

हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो ।

हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए । 

मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले उम्मेदवार माथिसमेत कडा निगरानी गरेको थियो ।

निर्वाचनले हङकङको प्रजातन्त्र समाप्त पारेको विभिन्न देशहरुले आरोप लगाएका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका विदेशमन्त्रीले चीनको नयाँ नियमले संसदमा अर्थपूर्ण राजनीतिक प्रतिद्वन्द्वीको सम्भावना अन्त्य गरिदिएको बताइएका छन् ।

त्यस्तै, जी ७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन् ।

यसैबीच, चीनको विरोध गर्ने देशको बेइजिङले भर्त्सना गरेको छ । हङकङको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै बेइजिङले भर्त्सना गरेको हो । अन्य देशहरुले हङकङको यर्थातलाई नजरअन्दाज गरेको चीनले आरोप लगाएको छ । 



मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै हङकङ मामिलामा अन्य देशले अनावश्यक चासो लिएको आरोप लगाएकाे छ । 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १५:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया