पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १४६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमितमध्ये काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २९० जनामा संक्रमण पुष्टि भएकाे छ भने ३ जनाको मृत्यु भएको छ।
यही अवधिमा २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २४२ सक्रिय संक्रमित रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।