प्रधानमन्त्री कप : बागमतीको सान्त्वना जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सान्त्वना जित हात पारेको छ । उसले आफ्नो अन्तिम खेलमा मंगलबार कर्णाली प्रदेशलाई ७९ रनले हराएको हो । 

१३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्र बनाउन सक्यो । 

कर्णालीका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

कर्णालीलाई सस्तैमा समेट्न विपिशा शाही र आरती बिडारीले ३-३ तथा सोनी पाख्रिन, खुसी डंगोल र क्यानुका बस्नेतले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । 

बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको योगदान दिइन् । ६१ बलको सामना गरेकी उनले समान १ चौका प्रहार गरिन् ।



हेलिशा गुरुङले २५ र कप्तान अस्मिना कर्माचार्यले १६ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

कर्णालीका लागि दिव्या धामीले ३, अञ्जली क्षेत्रीले २ र निशा पराजुलीले १ विकेट हात पारे ।



योसँगै पहिलो जित निकालेको बागमतीले तीन खेलमा दुई अंक जोड्दा जितविहीन कर्णालीले बिना अंक प्रतियोगिताको अन्त्य गरेको छ ।   

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १६:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया