मरेका जनावर मात्रै खाने बियर ग्रिल्सको घोषणा

चर्चित रियालिटी टिभी सर्भाइबल शो ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्सले मरेका जनावर मात्रै खाने घोषणा गरेका छन् । बिबिसी ४ लाई दिएको अन्र्वार्तामा बियर गिल्सले यस्तो बताएका हुन् ।

उनले शोको सुरुवाती दिनमा जनावर मारेर खाएको स्मरण गर्दै अब भने मरेका जनावर मात्रै खाने बताएका हुन् । जनावरलाई मारेकोमा पश्चताप गरेका छन् । उनले अब शोका लागि जनावर नमार्ने बताए । हाल बियर ग्रिल्स आफ्नो शो 'इनटू द वाइल्ड विथ बियर ग्रिल्स' का कारण चर्चामा छन् ।

ग्रिल्सले भने, 'मैले सुरुवाती दिनमा बाँच्नका लागि र खानाका नाममा धेरै सर्प, बिच्छी, भ्यागुता र अन्य जनावरलाई मारेको थिएँ । म अहिले साँच्चै पछुताएको छु,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १९:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया