पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू

पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

यसको विरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौँको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौँ महिलाहरुको पनि उपस्थिति रहेको थियो । 

उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन् । फेरि पाकिस्तानी अल्पसंख्यक हिन्दू र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरे । 

उता, पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि पठाएको छ । 

मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु क्रुद्ध भएका छन्  । उनीहरुले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरुको छ ।

अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् । 



पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि आएको छ । २२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९औँ आक्रमण भएको जनाइएको छ । 

घटनाले साम्प्रदायिक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ ।



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २२:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया