नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको खुला केन्द्रीय सदस्यमा ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् ।
नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् भने वाग्ले संविधान सभा सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य हुन् ।
कुल खसेको ४६६४ मत मध्ये वाग्लेले २७२० मत पाए भने नेपालीले २३०६ मत पाएका छन् ।
निर्वाचित भएकामध्ये वाग्ले शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् भने नेपाली शेखर कोइराला प्यानलबाट चुनाव लडेका हुन् ।
यस्तै, गण्डकी प्रदेशकै महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् । उनी देउवापक्षीय उम्मेदवार हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।