काठमाडौंसँग जोडियो रोल्पाको थवाङ

रोल्पाको थवाङ सिधै काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौंका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो । 

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ । 

हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । 

थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौं बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।   





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ९:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया