पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज दिइने भएको छ ।
विभिन्न देशहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो ।
आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानकारी दिएका छन् ।
यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो ।
ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्बसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ । अहिलेसम्म ९५ भन्दाबढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।