सुटिङ नसकिँदै विवादमा मुछियो ‘गदर-२’

बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर–२’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ । 

फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ । जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन् ।

समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरधनी देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका हुन् ।

‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपैयाँ दिने सहमति भएको थियो । तर, उनीहरूले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,’ उनले भनेका छन् ।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपैयाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो ।

फिल्म ‘गदर-२’ सन् २००१ मा आएको फिल्म ‘गदर’ को सिक्वेल हो । यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १०:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया