कोरोना खोपको चौथो डोज दिने पहिलो राष्ट्र बन्दै इजरायल

इजरायलले आफ्ना नागरिकलाई कोरोना खोपको चौथो डोज दिने भएको छ । 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि इजरायलले आफ्ना नागरिकलाई कोरोना खोपको चौथो डोज दिने घोषणा गरेको हो । 

इजरायलले यसअघि आफ्ना नागरिकलाई कोरोनाको बुस्टर डोज (तेस्रो) समेत दिइसकेका छ । 

६० वर्षभन्दा माथिका नागरिकलाई चौथो बुस्टर डोज दिन लागिएको इजरायलले जनाएको छ । इजरायलका प्रधानमन्त्री नफ्टाली बेनेटले कोरोना खोपको चौथो डोज दिने तयारी थाल्न निर्देशन समेत दिइसकेका छन् । 

इजरायलमा ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएपछि कोरोना खोपको चौथो डोज दिने निर्णय गरिएको हो । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया