म्यानमार खानी दुर्घटना : एककाे मृत्यु, ७० बेपत्ता
फाइल फाेटाे

उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजदुर छिरेपछि ठूलाे पहिरो गएको थियो ।

खानीमा अधिकांश मजदुर गैरकानुनी रूपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १४:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया