इसेवा र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोबारलाई प्राथमिकता दिँदै आएको इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स्,  राष्ट्रिय वाणिज्य बैंकका २५६ वटा शाखा, ९८ वटा शाखारहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ। 
 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १५:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया