एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
फरकधार / ७ पुस, २०७८

बागमती प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।



प्रदेशका पूर्वमुख्यमन्त्री रहेका एमाले नेता डोरमणि पौडलले बैठकको सुरुवातामा प्रदेश सरकारले प्रदेशकै बेइज्जत गरेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश व्यक्त गरेका थिए । उनले बोलेलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएका थिए ।

अवरोधका बीच सभामुख सानुकुमार श्रेष्ठले पटक-पटक एमाले सांसदलाई बस्न आग्रह गरे पनि नमानेपछि भोलि ११ बजेसम्मको लागि प्रदेशसभाको बैठक स्थगित भएको सभामुख श्रेष्ठले सदनलाई जानकारी दिएका छन् ।



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १५:२६:५७,   अन्तिम अपडेट : पुस ७, २०७८ बुधबार १५:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया