भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन् ।  

ओमिक्रोनबाट संक्रमित भएकाहरू दैनिक रूपमा थपिँदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । 

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना संक्रमित भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट भने छ हजार ३१७ जना संक्रमित भएका छन् । 

त्यसैगरी, अरू ३१८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरी अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या ७८ हजार १९० पुगेको छ । यो संख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।  





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १६:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया