राष्ट्रसंघले कटौती गर्यो यमनलाई दिने सहयोग

संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)मार्फत प्रदान गरिँदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन् । 

'द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,' डब्लुएफपीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
 
सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदाहुँदै पनि आफूहरू कटौती गर्न बाध्य भएको उनीहरूको भनाइ छ । यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ । 

द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नु पर्ने अवस्था रहेको छ ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १७:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया