मार्नस लाबुसेन पहिलो पटक टेस्ट वरीयताको शीर्ष स्थानमा

अस्ट्रेलियका मार्नस लाबुसेन टेस्ट वरीयताको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लाबुसेन इंग्ल्यान्डका कप्तान जो रुट र अस्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पार्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । 

लाबुसेनले ९१२ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् । दोस्रो स्थानका रुटको ८९७ र तेस्रो स्थानका स्मिथको ८८४ रेटिङ प्वाइन्ट छ । 

न्युजिल्यान्डका केन विलियमसन, भारतका रोहित शर्मा, अस्ट्रेलियाका डेविड वार्नर, भारतका विराट कोहली, श्रीलंकाका दिमुथ करुनारत्ने, पाकिस्तानका बाबर आजम र अस्ट्रेलियाका टेभिस हेड क्रमशः चौथोदेखि दसौँ स्थानमा छन् ।

बलिङतर्फ ९०४ रेटिङ प्वाइन्टका साथ अस्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहँदा दोस्रो स्थानका रविचन्द्र आश्विनले ८८३ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् ।  

पाकिस्तानका शाहिन शाह अफ्रिदी, न्युजिल्यान्डका टिम साउदी, अस्ट्रेलियाका जोस हेजलउड, दक्षिण अफ्रिकका कागिसो रावडा, न्युजिल्यान्डका निल वाग्नर, इंग्ल्यान्डका जेम्स एन्डरसन, अस्ट्रेलियाका मिचेल स्टार्च र न्युजिल्यान्डका काइल जेमिसन क्रमशः तेस्रोदेखि दसौँ स्थानमा छन् । 



अलराउण्डरतर्फ वेष्ट इन्डिजका जेसन होल्डर ३८२ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा रहँदा ३६० रेटिङ प्वाइन्ट प्राप्त गर्दै भारतका रविचन्द्र आश्विन दोस्रो स्थानमा छन् । 
भारतका रविन्द्र जडेजा, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोक्स, अस्ट्रेलियाका मिचेल स्टार्च, न्युजिल्यान्डका काइल जेमिसन, अस्ट्रेलियाका प्याट कमिन्स, इंग्ल्यान्डका क्रिस वोक्स र जो रुट क्रमशः तेस्रोदेखि दसौँ स्थानमा छन् । 



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १७:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया