होटेलको २२औँ तलाबाट खसेर जापानकी चर्चित अभिनेत्रीको निधन, अरुले नै ज्यान लिएको हुनसक्ने प्रहरीको आशंका

जापानकी एक चर्चित अभिनेत्रीको एक होटेलबाट खसेर निधन भएको छ । अभिनेत्री सयाका काण्डाको डिसेम्बर १८ को साँझ होटेलको २२औँ तलाबाट खसेर निधन भएको हो । 

गायिकासमेत रहेकी ३५ वर्षीया काण्डा सोही होटलमा बस्दै आएकी थिइन् । प्रहरीले उनको अरुले नै ज्यान लिएको हुनसक्ने बताएको छ । 

उनको होटलको तलाबाट खसेर निधन भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आइडली प्राइड, स्टार ब्लेजर्स २२०२, कन्विनियन्स स्टोर ब्वाइफ्रेण्ड्सलगायतमा उनको नाम चर्चामा थियो । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २०:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया