\
डाइनोसरबारे कसलाई पो उत्सुकता नहोला र ? अहिले विश्वभर मानिसहरुलाई निकै चासो भएका विषयमध्ये एक हो, डाइनोसर । एउटा कुनै समय थियो, वा मानिन्छ, त्यति बेला यो विश्वमा सबैभन्दा ठूलो जीव भनेको नै डाइनोसर नै थियो ।
त्यसैले डाइनोसरबारे अहिले पनि अध्ययन भइरहेका छन्, अहिलेसम्म भेटिएका फोसिलबारे अध्ययन भइरहेका छन् ।
यहीबीच वैज्ञानिकहरुले एउटा यस्तो अन्डा भेटेका छन्, जसको भ्रूण विकसित हुँदै थियो र अन्डा फोडेर बाहिर निस्कने प्रक्रियामा थियो । यो कस्तो भने ठ्याक्कै कुखुराको अन्डाबाट कुखुराको चल्ला निस्किएजस्तो । तर, त्यो भ्रुण बाहिर निस्किएन ।
अब चीनको गान्झोऊमा यो अन्डा भेटिएको छ जसलाई वैज्ञानिकहरुले कम्तिमा पनि ६६ मिलियन वर्ष पुरानो भएको हुनसक्ने अनुमान गरेका छन् । यस्तो मानिएको छ कि यो दाँत नभएको थेरोपोड डाइनोसरको भ्रुण हुनसक्छ ।
यो भ्रुणलाई बेबी येंगलियांग नाम दिइएको छ ।
यो अनुसन्धान गरिरहेका मध्ये एक डा. फियोन वायसमले भनेका छन् कि अहिलेसम्म डाइनोसरका भ्रुण भेटिएकामध्ये यो एउटा त्यस्तो भ्रुण हो जुन अहिलेसम्मकै सबैभन्दा राम्रो अवस्थामा भेटिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।