भारतको जम्मु कश्मिरको प्रहरीका अनुसार बुधबार साँझ त्यहाँ भएको संदिग्ध चरमपन्थीसँगको आक्रमणमा एक प्रहरी अधिकारीको निधन भएको छ । त्यहाँ नै भएको अर्को एक आक्रमणमा एक आम नागरिक पनि मारिएका छन् ।
प्रहरीले यो घटना अनन्तनाग जिल्लाको भएको जनाएको छ ।
त्यहाँको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनापछि त्यहाँ सुरक्षा कडा पारिएको छ ।’
जम्मुकश्मिरमा पछिल्ला दिनमा निकै धेरै यस्ता घटना हुन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।