महिला खस आर्यतर्फको केन्द्रीय सदस्यमा गृहमन्त्री पत्नी खाँणको अग्रता

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा महिला खस आर्यतर्फको केन्द्रीय सदस्य पदमा मन्जु खाँणले अग्रता लिएकी छन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा अहिलेसम्म २८ सय मत गनिएको छ । जसमा खाँणले १२५५ मत प्राप्त गरेकी छन् । 

दोस्रो नम्बरमा रहेकी नानु बास्तोलाले ११९० मत प्राप्त गरेकी छन् । त्यसैगरी, प्रतिमा गौतमले ११३०, कन्तिका सेजुवालले १११४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, चम्पा खड्काले १११३ मत प्राप्त गर्दा विद्यादेवीले १०७२ मत प्राप्त गरेकी छन् । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २१:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया