नेपालमा ओमिक्रोनका तेस्रा संक्रमितः कहाँबाट सर्‍यो, यसअघि ओमिक्रोन भएकासँगको सम्बन्ध छ?

नेपालमा थप एक जनामा पछिल्लो समय विश्वमा ठूलो त्रासका रुपमा लिइएको कोरोनाभाइरस (कोभिड १९) को ओमिक्रोन भेरियन्ट संक्रमित व्यक्ति भेटिएका छन् । 

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार एक ५८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

यसअघि १९ मंसिरमा ओमिक्रोन भेरियन्ट संक्रमण भएका दुई जना नेपालमा भेटिएका थिए । मन्त्रालयले त्यति बेला दिएको जानकारीअनुसार उनीहरुको सम्पर्कमा रहेका केही दर्जन मानिसहरुको चेकअप पनि गरिएको थियो । तर, कसैमा पनि ओमिक्रोन मात्र होइन, कोरोना संक्रमण समेत देखिएको थिएन । 

अब बुधबार मन्त्रालयले दिएको जानकारीअनुसार यी ५८ वर्षका पुरुष अहिलेसम्म कुनै पनि अरु देशमा गएका छैनन्, जहाँ कोरोनाका ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको छ । 

आखिर उनलाई कसरी सर्यो त ओमिक्रोन ?

मन्त्रालयका एक अधिकारीका अनुसार ओमिक्रोन संक्रमित यसअघि जो भेटिएका थिए, उनीहरुसँग यी तेस्रा संक्रमितको सम्बन्ध रहेको छ । तर, अप्रत्यक्ष ।



यसअघि संक्रमित जुन होटलमा भेटिएका थिए, त्यही होटलमा यी ५८ वर्षका पुरुष पनि बसेका थिए । त्यहाँबाट नै उनलाई ओमिक्रोन संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब यी ओमिक्रोन संक्रमण भएका तेस्रा व्यक्तिको परिवारका सदस्य तथा सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिइसकिएको छ ।




  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २१:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया