बेलायतमा कोरोनाले बनायो नयाँ रेकर्ड

बेलायतमा कोरोनाभाइरस संक्रमणले नयाँ रेकर्ड बनाएको छ । विश्व महामारी कोरोनाभाइरस पहिलोपटक देखिए पछि बेलायतमा १ लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।

बुधबार बेलायत सरकारले जनाएअनुसार १ लाख ६ हजार १ सय २२ जनामा कोरोनभाइरस संक्रमण देखिएको हो । 

पछिल्ला २८ दिनमा त्यहाँ कोभिड १९ का कारण १ सय ४० जनाको निधन भएको पनि बेलायत सरकारले जनाएको छ । डिसेम्बर २१ सम्म बेलायतका अस्पतालमा ८ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भर्ना भएका छन् ।

बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या निकै बढे पनि प्रधानमन्त्री बोरिस जोन्सनले चाहिँ त्यहाँ लकडाउन नगर्ने बताएका छन् ।






  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २२:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया