हस्तरेखामा विवाहबारे विभिन्न किसिमका भविष्यवाणी गर्न सकिन्छ । वैवाहिक जीवन कस्तो रहन्छ, सम्बन्ध कस्तो रहन्छ भन्नेबारे हस्तरेखामा भएका कुराहरुले धेरै कुरा बताउँछन् । हातमा विवाह रेखाले व्यक्तिको जीवनबारे पनि अनेक कुरा बताइरहेका छन् । कयौँ मानिसहरुको हातमा विवाहका धेरै रेखाहरु पनि हुन्छन् । यसबारे फरक फरक धारणा छन् ।
ज्योतिषीका अनुसार हातमा दुई विवाह रेखा भएकाहरुमा जुन गहिरो र स्पष्ट छ र अर्को धुमिलो हुँदाहुँदै पनि बुध पर्वतसम्म पुगेको छ भने ती व्यक्तिहरुको जीवनमा दुई विवाह हुन्छ ।
हातमा एकभन्दा धेरै विवाह रेखा हुनेहरुका लागि केवल त्यही रेखा मान्य मानिन्छ, जुन अलिक गाढा छ । बाँकी रेखाहरुले सम्बन्ध कस्तो हुन्छ भन्नेबारे मात्र जानकारी दिन्छन् । धेरै विवाह रेखा हुनु भनेको विवाहेत्तर सम्बन्ध हुने वा अन्य सम्बन्ध हुने भन्ने जानकारी दिन्छ । विवाह रेखा स्वास्थ्य रेखासम्म पुगेको छ भने चाहिँ त्यस्ता व्यक्तिको विवाह हुने सम्भावना अत्यन्त कम हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।