न डाइट, न एक्सरसाइज, सुतेरै घटाउनुहोस् वजन !

यदि कसैले तपाईंलाई शरीरको वेट घटाउन के गर्नुपर्छ भनेर सोध्छ भने पक्कै पनि तपाईंले त्यो व्यक्तिलाई जवाफ दिनुहुन्छ, थोरै खानामा कन्ट्रोल गर्नुहोस् र एक्सरसाइज गर्नुहोस् । तर, हामी कमैलाई थाहा छ, कुनै एक्सरसाइज वा डायटिङ नगरेर नै हामीले सुतेरै केही समय बिताउन सक्छौँ । 

यो अपत्यारिलो सत्य हो । जब हामी सुत्छौँ, हाम्रो शरीर रिपेयर मोडमा जान्छ । जो पूरा निद्रा लिन्छन्, उनीहरुको शरीरमा समस्याहरु कम हुन्छन् । यसले हर्मोनमा हुने असन्तुलन कम गर्छ जसले मोटोपनालाई घटाउन सहयोग गर्छ । त्यसैले, राती फोनमा अल्झिनु, टिभी हेर्नुभन्दा समयमा सुत्ने हो भने शरीरलाई फिट एन्ड फाइन राख्न सकिन्छ ।

जब हामी सुत्छौँ, हाम्रो शरीरले सामान्य तरिकाले काम गर्न थाल्छ । यसका लागि पनि हाम्रो शरीरलाई शक्ति चाहिन्छ । यही शक्तिले हाम्रो क्यालोरी खर्च गर्न थाल्छ । त्यसैले जति राम्रो निद्रा हुन्छ, त्यती नै राम्रोसँग क्यलोरी खर्च हुन्छ । अमेरिकी जर्नल अफ क्लिनिकल न्युट्रिसनमा छापिएको एक रिपोर्टअनुसार कम निदाउने भन्दा राम्रो निदाउनेहरुको २० प्रतिशत बढी क्यलोरी खर्च हुन्छ ।

पेन्सिलवेनियाले गरेको एउटा रिसर्चले त के देखाएको छ भने जो मानिस राती अबेर सुत्छन्, उनीहरुले अबेर केही खान्छन् । यसरी रातीमा केही खाँदा १ किलो तौल त सामान्य रुपमा बढ्न सक्ने उक्त अध्ययनले देखाएको छ ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २२:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया