एजेन्सी– पछिल्लो समय विश्वभर मानिसको स्वास्थ्यसँग सम्बन्धित विभिन्न अध्ययन गरिएका छन् । यस्तै अध्ययनमध्ये एक हो, कफीबारेको अध्ययन ।
यो अध्ययन स्पेनको नवार्रा अस्पतालका शोधकर्ताले गरेका हुन् । उनीहरुका अनुसार दैनिक चार कप कफी खाने मानिसको जीवन पनि लामो हुन्छ । यो अध्ययनले के देखाएको छ भने दैनिक २ कप कफी खानेहरुको छिटो मृत्यु हुने सम्भावना २२ प्रतिशतले कमी हुन्छ । अनि दैनिक चार कप कफी खानेहरुको लागि त यो सम्भावना ६४ प्रतिशत कम हुन्छ ।
झन्डै १० वर्ष अध्ययनपछि यो निष्कर्ष निकालिएको हो । यो शोध गर्ने समयमा ३३७ जनाको मृत्यु भएको थियो । यो अध्ययनमा १९९८६ जना समावेश गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।