आज तीन प्रदेशमा हिमपातको सम्भावना
फरकधार / ८ पुस, २०७८

आज तीन प्रदेशमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भाग सामान्यतया मौसम सफा रहे पनि तीन प्रदेशमा भने हिमपातको सम्भावना रहेको हो । 

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।  

राति सुदूरपश्चिम तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



तराईमा बिहान हुस्सु र कुहिरो लाग्नका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ७:०:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया